आज प्रतितोला ११ सय रुपैयाँले महङ्गियो सुन, कति पुग्यो भाउ ?
काठमाण्डौ । सुनको मूल्य आज बढेको छ । अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ११ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५८ हजार १ सय रुपैयाँ कायम भएको छ ।