निरन्तर बढ्दै सुनको मूल्य, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । सुनको मूल्य बढ्ने क्रम आज पनि जारी रहेको छ । बुधबार घरेलु बजारमा आज पनि सुनको मूल्य ११ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ कायम भएको छ ।