आज घट्यो सुन र चाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला २ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ४ सय रुपैयाँ कायम भएको छ ।