निर्जीवन बीमा कम्पनीहरुको नाफा ४८.६४% ले वृद्धि,नाफा र ईपीएसमा नेपाल इन्स्योरेन्स अब्बल
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालु आवको दोस्रो त्रैमाससम्म २ अर्ब ७८ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । १३ वटा कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीहरुको खुद नाफा गत वर्षको सोहि अवधिको तुलनामा ४८.६४ प्रतिशतले वृद्धि भएको हो । गत आवमा कम्पनीहरुले १ अर्ब ८७ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । खुद नाफा आर्जन गर्नेमा नेपाल इन्स्योरेन्स...

