सुनको मूल्य एकैदिन १४ सयले बढ्यो, हालसम्मकै उच्च कायम
काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । गत शुक्रबार स्थिर रहेको सुनको मूल्य आज भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।