आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । आज घरेलु बजारमा सुनको मूल्य बढेको छ। अघिल्लो दिन प्रतितोला २१ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ । यससँगै आज सुनको मूल्य प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँ कायम भएको छ ।