डलर बलियो बन्दा सुनको मूल्यमा पहिरो
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा पहिरो गएको छ । आजको कारोबारमा सुनको मूल्य १.९४ प्रतिशत अर्थात ५६.६३ डलरले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ८५९ डलर पुगेको छ । यो मूल्य विगत दुई साताकै न्यून हो । अमेरिकी डलर बलियो बनेसँगै र लगानीकर्ता अमेरिकी मुद्रास्फीतिको आँकडाको प्रतिक्षामा रहेकै बेला सुनको मूल्यमा उच्च गिरावट आएको हो ।

