आजपनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । बिहिबार पनि घरेलु बजारमा सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य आज १ लाख ७१ हजार रुपैयाँ कायम भएको छ ।