आजपनि घट्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ किनबेच ?
काठमाण्डौ । स्थानिय बजारमा सोमबार सुनको मूल्य घटेको छ । आजको कारोबारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा किनबेच भईरहेको छ । आइतबारको कारोबारमा भने सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँ कायम थियो । उक्त दिन सुनको मूल्य ९ सय रुपैयाँले ओरालो लागेको थियो ।