सुनको मूल्य आजपनि बढ्यो, चाँदीको भाउ भने स्थिर
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सोमबार सुनको मूल्यमा बढोत्तरी आएको छ । आज स्थानिय बजारमा सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

