सुनको मूल्यमा उच्च गिरावट, एकैदिन करिब ३% ले घट्यो
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । बिहिबारको कारोबारमा सुनको मूल्य २.८० प्रतिशत अर्थात ९०.७६ डलरले घटेको छ । यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार १५३ डलरमा कारोबार भईरहेको छ । यो मूल्य पछिल्लो एक महिनाकै न्यून हो । अमेरिकाले विभिन्न देशहरुसँग व्यापारिक सम्झौता गरेसँगै विश्व व्यापार सहजतातर्फ...

