सुनको मूल्यमा उछाल, प्रतिऔंस कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्यमा उछाल आएको छ । आज सुनको मूल्य २.२१ प्रतिशत अर्थात ७२.८० डलरले बढेको छ । यो वृद्धिसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार ३६२ डलरमा कारोबार भईरहेको छ । यो मूल्य गत चार साताकै उच्च हो ।

