सुनको मूल्यमा उच्च गिरावट, प्रतिऔंस कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । शुक्रबारको कारोबारमा सुनको मूल्य १.१६ प्रतिशत अर्थात ३८.८२ डलर।ले घटेको छ । यो समाचार तयार पार्दासमम सुनको कारोबार प्रतिऔंस ३ हजार २९४ डलरमा भईरहेको छ । इजरयाल–इरानबीच भएको युद्धविराम र लगानीकर्ताको नजर फेडले निर्धारण गर्ने ब्याजदर तथा अमेरिकी आर्थिक आँकडमा रहेकाले सुनको मूल्यमा गिरावट आएको हो ।

