सुनको मूल्य तीन साताकै न्यून स्तरमा पुग्यो, आज कति डलरले घट्यो ?
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य तीन साताकै न्यून कायम भएको छ । बुधबारको कारोबारमा ०.४४ प्रतिशत अर्थात १४.७३ डलरले घटेसँगै सुनको भाउ तीन साताकै न्यून स्तरमा पुगेको हो । यो समाचार तयार पार्दासम्म सुनको कारोबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ३ हजार ३१८ डलरमा भईरहेको छ ।

