सुनको मूल्य आजपनि घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य आजपनि घटेको छ । बिहिबारको कारोबारमा सुनको मूल्य ९ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँ कायम भएको छ ।

