सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो
काठमाण्डौ । आइतबार स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्यमा १ हजार रुपैयाँको गिरावट आएको छ ।यो गिरावटसँगै आज सुनको कारोबार प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

