ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । पछिल्लो दुई कारोबारमा घटेको सुनको मूल्य आज भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३ हजार ४ सय रुपैयाँले बढेको छ । यससँगै आज सुनको कारोबार प्रतितोला १ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।