काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य तोलामै रुपैयाँले ७ हजार ४०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको भाउ प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको छ ।
अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०० रुपैयाँ बढेको छ । आजको लागि चाँदीको मूल्य प्रतितोला ४ हजार ९४५ रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ८४५ रुपैयाँ थियो ।

