सुनको मूल्य आजपनि घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । स्थानिय बजारमा आज पनि सुनको मूल्य घटेको छ । अघिल्लो दिन ८ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको छ । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँ कायम भएको छ ।

