काठमाण्डौ । आजको कारोबारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा ३ हजार ४ सय सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ९६ हजार १ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने एक तोला सुनको मूल्य २ लाख ९२ हजार ७ सय रुपैयाँ कायम थियो ।
यस्तै आज १० ग्राम सुनको भाउ २ लाख ५३ हजार ८६० रुपैयाँ कायम भएको छ ।
यो दिन चाँदीको भाउ पनि बढेको छ । चाँदी आज १३५ रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ९४५ रुपैयाँ कायम भएको छ ।

