काठमाण्डौ । पहेँलो धातु सुनको मूल्य प्रतितोलामै ३ हजार ८०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि नेपाली बजारमा सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला ३ हजार ८०० रुपैयाँले बढेर ३ लाख १७ हजारको उचाईमा पुगेको हो ।
सोमबार भने नेपाली बजारमा सुनको भाउ ३ लाख १३ हजार २०० रुपैयाँ मात्र थियो ।
चाँदीको मूल्यमा झनै ठूलो उछाल आएको छ । सोमबारको तुलनामा चाँदीको मूल्य करिब ६ प्रतिशत बढेर प्रतितोला ५ हजार ७२० रुपैयाँ पुगेको हो । सोमबार ५ हजार ४१० रुपैयाँ कायम थियो । यसरी एकैदिन चाँदीको मूल्य प्रतितोलामा ३१० रुपैयाँ बढेको छ ।

