सुनको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य घटेको छ । बुधबारको अघिल्लो दिनको तुलनामा सुनको मूल्य १३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा भईरहेको छ ।

