सुनको मूल्यमा उच्च वृद्धि, प्रतिऔंस कति पुग्यो भाउ ?
काठमाण्डौ । बुधबार सुनको मूल्य एक साताकै उच्च विन्दुमा पुगेको छ । डलरको कमजोर बनेसँगै र अमेरिकामा उत्पन्न भएको ट्याक्स बिलको मुद्दाले लगानीकर्तामा अनिश्चितता बढाएसँगै सुनको मूल्य बढेको हो । सुनको मूल्य आज २.३९ प्रतिशत अर्थात ७७.२३ डलरले वृद्धि भएको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस ३ हजार ३०६.७६ डलर कायम भएको छ ।

