सुनको मूल्य बढ्ने क्रम आजपनि जारी, प्रतितोला कति पुग्यो भाउ ?
काठमाण्डौ । बिहिबार पनि घरेलु बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला २२ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि १६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।