सुनको मूल्यमा उछाल, हालसम्मकै उच्च कायम
काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य आज प्रतितोला ४ हजार रुपैयाँले बढ्दै हालसम्मकै उच्च कायम भएको हो । नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि सुनको मूल्य गत फागुन १३ गते हालसम्मकै उच्च कायम भएको थियो । त्यसबेला सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ...

