आज बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?
काठमाण्डौ । आज घरेलु बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य आज प्रतितोला १ लाख ५२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।