सुनको मूल्य प्रतिऔंस १३ डलरले घट्यो, कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य ०.५८ प्रतिशत अर्थात प्रतिऔंस १३.८३ डलरले घटेको छ। यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ३९७.६४ डलर कायम भएको छ ।