आज बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला ८ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।