सुनको मूल्यमा व्यापक वृद्धि, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ। गत शुक्रबार प्रतितोला ४ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।