सुनको मूल्यमा प्रतिऔंस १५ डलरको गिरावट, कति पुग्यो भाउ ?
काठमाण्डौ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य ०.६६ प्रतिशत अर्थात प्रतिऔंस १५.८० डलरले घटेको छ । यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ३८०.५६ डलरमा कारोबार भईरहेको छ ।

