आज घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज भने घटेकोे हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, आज तेजावी सुनको मूल्य पनि ८ सय रुपैयाँले घटेरर प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ ।