आज बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?
काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्यमा बढेको छ । अघिल्लो दिन प्रतितोला २७ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ५ सय रुपैयाँ कायम भएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य पनि २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ८५० रुपैयाँ कायम भएको छ ।

