सुनको मूल्य एकैदिन प्रतिऔंस १८ डलरले बढ्यो, कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आज सुनको मूल्य ०.७७ प्रतिशत अर्थात प्रतिऔंस १८.०३ डलरले बढेको हो । यो समाचार तयार पार्दासम्म सुनको मूल्य बढेर प्रतिऔंस २ हजार ३३४.१३ डलर कायम भएको छ । अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ०.२४ डलरले बढेर प्रतिऔंस २७.४२ डलर कायम भएको छ ।

