सुनको मूल्य प्रतिऔंस १३ डलरले घट्यो,कति पुग्यो भाउ ?
काठमाण्डौ । पछिल्लो समय निरन्तर उकालो लागिरहेको सुनको मूल्यवृद्धिमा ब्रेक लागेको छ । अन्तराष्ट्रिय बजारमा पछिल्लो २४ घण्टामा सुनको मूल्य ०.५६ प्रतिशत अर्थात प्रतिऔंस १३.०८ डलरले घटेको छ । यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ३४१.७८ डलर कायम भएको छ ।

