सुनको मूल्य १० डलरले बढ्यो, कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १० डलरले वृद्धि भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य ०.५२ प्रतिशत अर्थात १०.६४ डलरले वृद्धि भएको हो । यससँगै सुनको मूल्य प्रतिऔंस २ हजार ४५.३२ डलर पुगेको छ ।

