ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?
काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्यमा व्यापक गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

