सुनको मूल्य प्रतिऔंस ९ डलरले घट्यो, कति पुग्यो भाउ ?
काठमाण्डौ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य ०.०४ प्रतिशत अर्थात प्रतिऔंस ९.१९ डलरले घटेको छ । यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ३१७.०९ डलरमा कारोबार भईरहेको छ । यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ०.१४ डलरले घटेर प्रतिऔंस २७.३४ डलर कामय भएको छ ।

