सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । गत शुक्रबार प्रतितोला १ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत जेठ २५ गते सुनको मूल्य हालसम्मकै उच्च बनेको थियो ।...

