सुनको मूल्यमा व्यापक गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार
काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २ हजार रुपैयाँले घट्दै प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

