सुनको मूल्य प्रतिऔंस १० डलरले बढ्यो, कतिमा भईरहेको छ कारोबार ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । आज सुनको मूल्य प्रतिऔंस ०.४५ प्रतिशत अर्थात १०.८१ डलरले वृद्धि भएको हो । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ३९०.८६ डलर कायम भएको छ ।

