सुनको मूल्य प्रतिऔंस ३२ डलरले घट्यो, कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा निरन्तर वृद्धि भईरहेको सुनको मूल्यमा गिरावट आएको छ । पछिल्लो २४ घण्टाको अवधिमा अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । सुनको मूल्य १.३७ प्रतिशत अर्थात प्रतिऔंस ३२.४७ डलरले घटेको छ । यो गिरावटसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ३४४.५३ डलर कायम भएको छ ।

