सुनको मूल्यमा भएन कुनैपनि परिवर्तन,चाँदीको भाउमा भने गिरावट
काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा कुनै थपघट भएको छैन । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भईरहेको छ ।

