मन्त्रिपरिषद्को निर्णयअनुसार विद्युत बक्यौता उठाउन प्राधिकरणलाई निर्देशन
काठमाण्डौ । विद्युत नियमन आयोगले मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार नै बक्यौता असुली गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । आयोगले डेडिकेटेड एवं ट्रंक लाइन विवादमा मन्त्रिपरिषदको निर्णयबमोजिम नै बक्यौता उठाउन प्राधिकरणलाई निर्देशन दिएको हो । मन्त्रिपरिषदको बैठकको निर्णयअनुसार २५ कात्तिकसम्ममा टीओडी मिटरसमेतका आधारमा पुनः गणना गरी १५ दिनभित्र बक्यौता...

