नेपालगन्जमा अत्यधिक गर्मीका कारण तीन दिन विद्यालय बन्द
काठमाण्डौ बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिकाले अत्यधिक गर्मीका कारण विद्यालयहरूमा तीन दिनका लागि बिदा दिने निर्णय गरेको छ। उपमहानगरपालिकाका अनुसार असार १० गते बुधबारदेखि १२ गते शुक्रबारसम्म नगरभित्रका सबै विद्यालय बन्द रहनेछन्। लगातारको अत्यधिक गर्मी र वर्षा नपरेपछि विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्ने जोखिम बढेकाले पठनपाठन स्थगित गरिएको हो।

