लाभांश पारितको मुख्य अजेण्डासहित स्वावलम्बन लघुवित्तले डाक्यो साधारण सभा
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको असोज ३० गते बुधबार बसेको सञ्चालक समितिको ४४१ औं बैठकले २३ औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा कार्तिक ३० गते शुक्रबार काठमाण्डौको नक्सालमा रहेको लिसरा रिसेप्सनमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा आव २०८०/८१ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस...