सर्वसाधारणका लागि प्रभु बैंकको २.८२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले विभिन्न ८ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख कित्ता बढी सेयर बिक्री राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख ८२ हजार ६१९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।