हुन्डाईले ल्यायो भारतको सबैभन्दा ठूलो आईपीओ, करिब २८ हजार करोड भारु उठाउने लक्ष्य
काठमाण्डौ । कोरियाली कार निर्माता हुन्डाई मोटर इन्डियाको आईपीओ आजबाट खुल्ला भएको छ । यो भारतकै सबैभन्दा ठूलो आईपीओ हो । यसअघि सबैभन्दा ठूलो आईपीओको रेकर्ड एलआईसीको नाममा थियो । जसले २० हजार ५५७ करोड भारु बराबरको आईपीओ निष्कासन गरेको थियो। हुन्डाईको इश्यू साइज २७ हजार ८५६ करोड भारु छ।तर, ठूला इश्यू साइजका आईपीओको रिटर्नको ट्र्याक रेकर्ड राम्रो नभएको भारतीय मिडियाले लेखेका...