खराब कर्जाको प्रभिजनले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा प्रभावित, इपीएस रु. १७.१६
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब ४६ करोड खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.८२ प्रतिशतले कम हो । समीक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा २ अर्ब ५१ करोडले ऋणात्मक छ।