चीनको सेयर बजार साढे २ वर्षकै उच्च विन्दुमा, साप्ताहिक वृद्धि सन् २००८ पछिकै बढी
काठमाण्डौ । चीनको सेयर बजार साढे २ वर्षको उच्च विन्दुमा पुगेको छ । यसका साथै चिनियाँ बजार सन् २००८ पछिकै उच्च साप्ताहिक वृद्धितर्फ उन्मुख भएको छ । चीनको सीएसआई३०० ३.७७ प्रतिशतले बढेको छ । यसका साथै सीएसआईको साप्ताहिक वृद्धि १४ प्रतिशत पुगेको छ । जुन सन् २००८ पछिकै उच्च साप्ताहिक वृद्धि हो ।