सहमति नभएपछि नेतृत्व चुन्न ब्रोकरहरु मतदानमा
काठमाण्डौ । सहमतिको प्रयास बिफल भएसँगै नेपाली सेयर बजारका ब्रोकरहरुको छाता संगठन स्टक ब्रोकर एशोसिएसन अफ नेपालमा नेतृत्व चुन्नका लागि मतदान प्रक्रिया सुरु भएको छ । काठमाण्डौको बानेश्वरस्थित एक होटलमा आज दिउँसो ३ बजेदेखि मतदानको प्रक्रिया सुरु भएको हो । नयाँ र पुरानाहरुले खोलेका दुई संगठनको औपचारिक मर्जर भएपछि एकबद्ध बनेका ब्रोकरहरुले नयाँ नेतृत्व चुन्ने...