२० वटा बीमा कम्पनीको सेयरभाउ बढ्यो, सानिमा जिआइसीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३७.१३ अंकले बढेर २६९०.७२ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३०५ कम्पनीको १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ११ वटा समूहमा हरियाली छाएको छ भने दुई उपसूचक घटेको छ । बीमा समूहका दुइवटै...