नेप्सेमा नेपाल सरकारको २ वटा विकास ऋणपत्र सूचीकृत
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नेपाल सरकारको २ वटा विकास ऋणपत्र सूचिकृत भएको छ। जेठ २७ गतेको निर्णयअनुसार नेप्सेमा दुईवटा सरकारी विकास ऋणपत्र सूचीकृत भएको हो । नेप्सेमा ५ अर्ब रुपैयाँबराबरको ‘एनपीडीबी०८०३२०८९(२०८९०३) नामक र १० अर्ब रुपैयाँबराबरको एनपीडीबी०६०५२७८०(२०८७०५) नामक विकास ऋणपत्र सूचीकृत भएका हुन् ।