कारोबार खुलेकै दिन सम्पदा लघुवित्तको सेयरमूल्यमा अपर सर्किट
काठमाण्डौ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा कारोबार खुलेकै दिन अपर सर्किट लागेको छ । आज कारोबार खुलेको ५ मिनेटमा नै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको सेयरमूल्य १०५ रुपैयाँले बढेर प्रतिकित्ता ११ सय ६२ रुपैयाँ कायम भएको छ । मर्जरपश्चात कायम भएको सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार आजदेखि खुलेको थियो ।