दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा युनाइटेड अजोड
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५.५८ अंकले घटेर २०७९.७१ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत ३०६ कम्पनीको ८० लाख ४२ हजार ७६७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ४ वटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी ९ वटा समूह राताम्य भएका छन् । बीमा...