नेप्सेमा २.३५ लाख कित्ता बोनस सेयर सूचीकृत
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा २ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा नेपाल हाईड्रो डेभलपर लिमिटेडको २ लाख ३५ हजार १४८.५५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षका लागि ७ प्रतिशत बोनस सेयर र ०.३७ नगद लाभांश गरी कुल ७.३७ प्रतिशत लाभांश घोषणा गरेको थियो । सोहि ७ प्रतिशत बोनस सेयर नेप्सेमा आज सूचीकृत भएको हो ।