हिमालयन पावर पार्टनर १४.५७ करोड घाटामा, विद्युत बिक्री आम्दानीमा भने ७२.३९% को वृद्धि
काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडले चालु आर्थिक वर्ष २०८०÷८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी १४ करोड ५७ लाख रुपैयाँ घाटामा देखिएको छ । गत आवको सोहि अवधिसम्म भने कम्पनी जम्मा ४ करोड ४३ लाख रुपैयाँ घाटामा थियो । यसरी कम्पनीको घाटा २२८.७३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले विद्युत बिक्रीमातर्फत २३ करोड ६२ लाख...