स्वावलम्बन लघुवित्तले कमायो ११.८६ करोड नाफा,कस्तो छ अन्य सूचकको अवस्था ?
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार संस्थाले तेस्रो त्रैमाससम्ममा ११ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुत अघिल्लो आवको सोहि अवधिको तुलनामा १.३५ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म संस्थाले १२ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो...